राजावादी र प्रहरीबीच तीनकुनेमा झडप

काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ ।

राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *