मुख्य सडकमै बन्यो मञ्च, काठमाडौंमा बिहानैदेखि सवारी आवागमन प्रभावित

देशको संघीय राजधानी काठमाडौँमा आज छुट्टा छुट्दै दुई शक्ति प्रदर्शन हुँदैछ । जसअनुसार प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शनसँगै जनसभा गर्ने तयारी गरेको छ । प्रदर्शनका लागि पर्यटन बोर्ड सभागृहअगाडि मुख्य सडकमै मञ्च निर्माण भइरहेको छ, जसका कारण बिहानैदेखि सो क्षेत्रको यातायात व्यवस्थापनमा असर परेको छ ।समाजवादी मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । राजावादी समूहले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको छ ।गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ठाउँ ठाउँमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ ।

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ । सवारी सञ्चालन हुने कतिपय रुटहरू बन्द गरिएका छन् । जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन् ।

 

प्रतिक्रिया

One thought on “मुख्य सडकमै बन्यो मञ्च, काठमाडौंमा बिहानैदेखि सवारी आवागमन प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *