समाजवादी मोर्चा र राजावादी समूहको प्रदर्शनको कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन न्यून गुडेका छन् । यसबाट एसईई परीक्षा दिने विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
विद्यार्थीहरूलाई सहज रूपमा परीक्षा केन्द्रसम्म पुर्याउन काठमाडौं महानगर प्रहरी बलले विशेष पहल गरेको छ । प्रहरीले आज एक सूचना जारी गर्दै गन्तव्यमा पुग्न समस्या भोगिरहेका विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।
सम्पर्क गर्न सकिने प्रहरी अधिकारीहरू
बानेश्वर क्षेत्र : दिनेश कुमार अर्याल – ९८५१०६८०९६
रत्नपार्क क्षेत्र : मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६
नयाँ बसपार्क क्षेत्र : पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३
टेकु क्षेत्र : प्रकाश पण्डित – ९८५१०५६३४६
यसका साथै, हटलाइन नम्बर ०१५९०१७६४ वा ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सकिने महानगर प्रहरी बलले जानकारी दिएको छ । विद्यार्थीहरूको परीक्षालाई प्राथमिकता दिँदै प्रहरीले सुरक्षासहितको यातायात व्यवस्था गरेको हो । परीक्षार्थीहरूलाई कुनै कठिनाइ आएमा तुरुन्तै सम्बन्धित सम्पर्क नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया