प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीहरुको अडान यथावत

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट संदेशसहित प्राप्त विधेयक टेबुल गरिने कार्यसूची रहेको छ भने व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

बुधबार विपक्षी दलहरुले सरकारले कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि विहिबार बैठक बस्दै नबसी आजको लागि सारिएको थियो । सभामुखको पहलमा विहिबार दिनभरी सहमतिको प्रयास भएपनि विपक्षी दलहरुले कुलमानलाई हटाएको विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान नछोडेपछि बैठक बस्न सकेको थिएन ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले भने एउटा कर्मचारीलाई हटाएको विषयलाई इश्यु बनाएर संसद अवरुद्ध गरेको बन्दै आफुले संसदमा जवाफ नदिने बताइरहेका छन् ।

आज प्रमुख विपक्षी दल माओवादी केन्द्र, अर्को दल एकीकृत समाजवादी रहेको समाजवादी मोर्चाको काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शनको कार्यक्रम रहेकाले संसद बैठक बस्ने सम्भावना कम नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *