८९ वर्षको उमेरमा नागरिकता

बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरे। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकेको वडाअध्यक्ष रमेश रावलले बताए।

वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए।

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन्। आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन्। ‘वडा अध्यक्षकै कारणले मैले आज नागरिकता पाएँ,’ नेपालीले भनिन्।

उनका श्रीमान् बितेको २२ वर्ष भए पनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित हुनुभएको थियो। नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पूरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।

जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर