
विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास सम्पन्न


नेपाली सेना तथा अमेरिकी सैन्य कमाण्डको संयुक्त आयोजनामा काठमाडौंमा सञ्चालित ‘मल्टिनेशनल प्लानिङ अग्मेन्टेशन टिम टेम्पेस्ट एक्सप्रेस – ४० (एमप्याट टीई – ४०)’ अभ्यास आज सफलतापूर्वक सम्पन्न भएको छ।
चैत्र ४ गतेदेखि सुरु भएको उक्त अभ्यास विपद् व्यवस्थापनसम्बन्धी सैनिक, गैर-सैनिक तथा अन्य विभिन्न निकायबीच सैद्धान्तिक, व्यवहारिक तथा विशेष अनुभवहरूको आदान-प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। यस अभ्यासले भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नेपालबाट नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर-सरकारी निकायका ५६ जना प्रतिनिधि तथा विभिन्न राष्ट्रका ३६ जना गरी कुल ९२ जनाको सहभागिता रहेको थियो।
समापन समारोहमा रथीबृन्द, नेपालका लागि अमेरिकी राजदूतावासका उप-प्रमुख, नेपाल सरकारका विभिन्न सरकारी तथा गैर-सरकारी निकायका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संघसंस्थाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
- संसदले एकै दिन बनायो पाँच विधेयक, राष्ट्रपतिद्वारा प्रमाणीकरण
- राप्रपा सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र पनि हुलहुज्जत गर्न खोजे : बर्तौला
- राजावादीको प्रदर्शनबाट मृत्यु भएका पत्रकार रजकको परिवारसंग भेटपछि प्रधानमन्त्रीले के भने ?
- वैकल्पिक स्रोत व्यवस्थापन कोष सञ्चालन गर्न कानूनी प्रवन्ध मिलाउँदै सरकार
प्रतिक्रिया