
नवौँ भक्तपुर औद्योगिक महोत्सव हुँदै


नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/२०८२ चैत्र २८ गतेदेखि सुरु हुने भएको छ ।
बिहीबार महोत्सव आयोजक समितिले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । मेला चैत्र २८ गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुला चौरमा हुने आयोजकले बताएको छ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरू, खाद्यान्नका सामग्रीहरू, भाँडाकुँडाकासाथै विभिन्न प्रकारका लत्ता कपडा, जुत्ताहरू राखिने बताइएको छ ।
हस्तकलाका सामग्रीका साथै औद्योगिक उत्पादनका प्रदर्शनी, अटो मोबाइल, आधुनिक कृषि औजार सामग्रीहरू विक्रीका लागि राखिने आयोजकको भनाइ छ । मेलामा विक्री गरिने सामग्रीहरूमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको र १ सय ५० वटा स्टल रहने बताइएको छ ।
करिब ५ लाख बढीले महोत्सवको अवलोकन गर्ने आयोजकको विश्वास छ । महोत्सवमा ५० र ८० रुपैयाँको प्रवेश शुल्क रहने र विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था रहेको पनि आयोजकको भनाइ छ ।
प्रतिक्रिया