विपक्षीको अवरोधपछि राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको कारबाही सुरु गर्न खोज्दा विपक्षीहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।

विपक्षीहरू उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिएका थिए ।

डा. भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए ।

अवरोधका बीच अध्यक्ष दाहालले नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिए । सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिन भित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सुचारु गर्न आग्रह गरे । उनले विपक्षीहरूले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाए ।

पटक पटक आसन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर