
आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरेका छन् ।
जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरुले लिनुपर्ने बताए । उनले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताए ।
अशान्ती भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरुसँग आग्रह गरे । आज अधिनायकवादी नभइ लोकतान्त्रिक सरकार रहेको जिकिर गरे ।
जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए । सबैको रचनात्मक भुमिका भएमात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताए ।
आफूले आलोचनालाई स्वागत गर्ने पनि बताए । समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गर्नुभयो । शान्ति प्रक्रिया सफल बनाउन पनि आह्वान गरे ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम शुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिनेकुरामा लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताए ।
प्रतिक्रिया