एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आज एउटै मञ्चमा देखिएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

समयको चाप रहेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड भने आफ्नो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिसकेका छन् । एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेको छ । गएको सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर