
सिद्धार्थ बैंकको ग्लाेवल मनी वीक कार्यक्रममा १६६० विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान


सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरतामार्फत विद्यार्थीहरूलाई आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
मार्च १७ देखि २३ तारिखसम्म मनाइएको यो अन्तर्राष्ट्रिय साप्ताहिक अभियानको यस वर्षको नारा ‘थिङ्क बिफोर यू फोलो, वाइज मनी टुमरो’ रहेको थियो । यही सन्देशलाई सार्थक बनाउँदै सिद्धार्थ बैंकले सातै प्रदेशका २४ स्थानमा विद्यालय तथा क्याम्पसहरूमा वित्तीय शिक्षा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको हो ।
विद्यार्थीलाई बैंकिङ सेवा, डिजिटल कारोबारका माध्यमहरू, र सुरक्षित आर्थिक अभ्याससम्बन्धी ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा कुल १,२१२ जना विद्यार्थीको सक्रिय सहभागिता रह्यो ।
यही क्रममा बैंकले ४४८ जना विद्यार्थीलाई आफ्नै विभिन्न शाखामा भ्रमण गराई व्यवहारिक वित्तीय प्रणालीबारे अवलोकन गराउने कार्यक्रम समेत सञ्चालन गर्यो ।
बैंकका अनुसार ग्लोबल मनी वीक अवधिमा ३८ वटा कार्यक्रम सम्पन्न गरी कुल १,६६० जना विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको छ ।
सिद्धार्थ बैंकले वित्तीय सेवाको पहुँच विस्तार गर्दै समावेशी वित्तीय प्रणालीको विकास गर्न र जनस्तरमा वित्तीय सचेतना अभिवृद्धि गर्न यस्ता अभियानमा निरन्तर सहभागी हुँदै आएको जनाएको छ ।
प्रतिक्रिया