
नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली


नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मनोज ज्ञवाली बनेका छन्।
बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृति भएसँगै ज्ञवालीले कामु सीईओको जिम्मा पाएका हुन्।
आज बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो।
ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।
प्रतिक्रिया