
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन


फाइल तस्बिर।
वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु. ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु. ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत रु. १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु. एक करोड ६८ लाख संकलन गरेको छ ।
प्रतिक्रिया