पदभार ग्रहणपछि हितेन्द्र शाक्यले भने- डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान निष्पक्ष रुपमा गर्नेछु

नेपाल विद्युत प्राधिकरको कार्यभार नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सम्हालेका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए । उनले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताए । उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताए । यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताए । व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गर्नुभयो । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाए । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताए ।

उनले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *