अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद

सशस्त्र प्रहरी बलले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा अबैध गोदाममा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

उक्त लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलिले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको छ ।

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मुल्यको सामान भन्ने एकिन भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *