ज्ञानेन्द्र शाहीको आरोप- कुलमानसँग प्रचण्डले टिआरसी साटे

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि गम्भिर आरोप लगाएका छन्।

भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन्,

‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न
टिआरसीसगँ कुलमान पो साटेछन’

उनी अगाडि लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले  गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने  सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर