
टीआरसी आयोगमा पदाधिकारी सिफारिसको जिम्मा मिश्र नेतृत्वकै समितिलाई


सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उक्त समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ छन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि सोमबार अपराह्न यही विषयमा छलफल गर्न शीर्ष नेताहरू जुटेका थिए ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डसहितको छलफलले पुनः सिफारिस समिति बनाएर काम अघि बढाउने सहमति गरेका थिए ।
सोही सहमति अनुसार लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रतिक्रिया