सिंहदरबारमा शीर्ष नेताहरूको बैठक जारी

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारको रुपमा अग्नि खरेललाई नियुक्त गरिसकेका छन् । यसअघि खरेलले प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर सङ्क्रमणकालीन न्यायबारेमा छलफल गर्न निम्तो दिएका थिए ।

बैठकमा राजावादीले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *