दलितको घरमा डोजर लगाउने अध्यक्ष र वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप

महायज्ञको नाममा दलित परिवारको घरमा डोजर लगाएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।

त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि गत शुत्रबार साँझ दुवै जनालाई सिरहा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दिपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामामा जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर