थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका थुनुवा तथा कारागारमा रहेका कैदीबन्दीको मानवअधिकारको सुरक्षा सरकारले गर्ने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले थुनुवा र कैदीबन्दीको मानव अधिकार हनन हुन नदिने प्रतिबद्धता जनाएका हुन्।

उनले सीमित स्रोत साधनमा कैदीबन्दी तथा थुनुवाको व्यवस्थापन गर्नुपर्ने समस्या सरकारले उचित रुपले सम्बोधन गर्ने बताए।

उनले पछिल्लो समय नुवाकोटमा नयाँ कारागार निर्माण भएर सञ्चालनमा आएको बताए। देशभरका पुराना कारागारहरुको भौतिक सुधारका लागि सरकारले पहल गरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर