थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँ : प्रहरी महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरूको मानवअधिकारको पूर्ण प्रत्याभूति हुनेगरी व्यवस्थापन गरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हिरासतमा रहेका व्यक्तिहरूलाई आधारभूत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताए ।

थुनुवाहरूलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गर्दै उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरूबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताए ।

‘समग्रतामा हाम्रो भौतिक पूर्वाधारकै कुरा गर्दा अहिले बनेका भौतिक पूर्वाधारका कुरा गर्दा नयाँ बनेका विल्डिङहरूमा हामीले अहिलेको मापदण्ड बमोजिम हिरासतमा राख्ने, हिरासतमा रहने व्यक्तिहरूलाई, संकेतहरूलाई मानवअधिकारको पूर्ण रुपमा प्रत्याभुति हुनेगरी गाँस, बास र कपासको बेसिक निडका कुरालाई हामीले व्यवस्थापन गरेका छौँ,’ महानिरीक्षक थापाले भने ।

प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उनको भनाइ थियो ।

‘हामीसँग २६ सय एक स्थायी संरचना छन् अस्थायी पनि छन् र २४२ वटा युनिटहरू मुद्दा चल्ने युनिट पनि छन् । १०३९ युनिटमा हाम्रो भवन पनि छैन । भवन नै नभएको ठाउँमा पनि हामीले मानिस लिनुपर्‍यो, नियन्त्रणमा लिनुपर्‍यो त्यहाँ हामीलाई समस्या परेको छ,’ महानिरीक्षक थापाले भने ।

साथै, उनले गृहमन्त्रीको अग्रसरतामा देशभर लागुऔषध नियन्त्रण सम्बन्धी महाअभियान सञ्चालन भइरहेको जानकारी गराए । देशभर सक्रिय लागुऔषध कारोबारीको ठूलो संख्या प्रहरीले पक्राउ गरेर अनुसन्धान र कारबाही भइरहेको उनको भनाइ छ ।

‘गृहमन्त्रीको अग्रसरतामा उहाँकै प्रमुख आतिथ्यतामा हामीले लागुऔषध सम्बन्धी लागुऔषध नियन्त्रण सम्बन्धीको महाअभियान भनेर चलाएका छौँ काठमाडौंमा । र त्यो महाअभियानलाई देशव्यापी रुपमा लिएर गएका छौँ । सिज एण्ड सिजर र कारोबारीहरुलाई व्यापक रुपमा हामीले पक्राउ गरेका छौँ,’ उनले भने ।

महानिरीक्षक थापाले देशभरका अधिकांश जिल्ला प्रहरी कार्यालय र हिरासत भवनको अवस्था दयनीय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर