विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेश गर्दैछौँ : कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेश हुने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । उनले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताए ।

उनले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताए ।

नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजायँ घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उनको भनाइ छ । उनले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफलमा भए कुनै निर्णयमा नपुगेको बताए ।

उनले भने,‘१८ र २० वर्ष केटाकेटीको विवाह चाहे परिवारको सहमतिमा होस् वा आफैले गरेको अवस्थामा सजाय घटाइ दिने । जरिबाना दुई चार पाँच हजारमात्रै राख्ने र विवाहको उमेर नपुगेसम्म आफ्नो आफ्नो आमा बाबुसँग बस्ने । छुट्टाछुट्टै बस्ने र विवाहको उमेर २० वर्ष पुगेपछि विवाह गर्ने कि नगर्ने भनेर त्यतिबेला निर्णय गर्ने । ३५ दिनभित्र गर्नुपर्ने निर्णय गर्नुपर्ने बालिग हुनासाथ भन्ने अप्सनमा छलफल गर्दै छौँ । माननीय गृहमन्त्रीले भन्नुभयो रोमियो जुलियटको कुरा । नाबालिग केटाकेटीको उमेर ३ वर्षभन्दा कम छ र उनीहरुबीचमा आपसी सम्बन्ध भयो भने कानुनले पनि रेप केस लाग्ने गरेको छ, त्यस्तोमा सजायँ घटाएर ३ वर्षसम्म गर्ने सर्वोच्चले निर्णय पनि गरेको छ । यस्तै अन्य लिभिङ रिलेसनका सम्बन्धमा पनि कुरा उठेको छ सहमतिमा जाने र रेप मुद्दा लाग्ने विषयमा अहिले खासै कुरा अगाडि बढेको छैन । तर विवाहको उमेर र सजायको बारेमा यही पार्लियामेन्टमा विधेयक जाँदै छ ।’

मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताए । कैदीबन्दीलाई खुला हिरासतमा राख्ने विषयमा पनि विधेयकमा व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर