
देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँ : राजेन्द्र लिङदेन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब स्थितिमा पुगेको बताएका छन् ।
शनिवार मधेस प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा रहेको बताए । उनले राज्यले उठाउने राजश्वले नेता तथा कर्मचारीलाई तलबभत्ता खुवाउन नपुग्दा वैदेशिक ऋण लिनुपर्ने दुःखद् अवस्था रहेको बताए ।
अध्यक्ष लिङदेनले संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब ऋण भएकोमा एक दशकमा ऋण बढेर २६ खर्ब ७६ अर्ब पुगेको बताए ।
आर्थिक, राजनीतिक, सामाजिकलगायत विभिन्न कारणले देशको अवस्था चौपट रहेको बताउँदै उनले देश असफल राष्ट्रको दिशामा अग्रसर भइरहेकाले समयमै खबरदारी गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया