
भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश छन् : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् ।
जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे । उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे ।
संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताए ।
उनले भने ‘अहिले जे छ, पुराना खासगरी काँग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि जसरी बिस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहीन जस्तो बनेको छ । त्यो एउटा पाटो हो । त्यसको विकल्प भनेको त्यो भन्दा अग्रगामी, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर यसका अपूर्णता, शासकीय स्वरूपका जुन अपूर्णता छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो । त्यो हुन नसक्नु एउटा कारण हो । अर्को संघीयतामा गयौँ तर संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन भएको छैन । संघीयता फेरि पहिचान, अधिकार सहितको संघीयता भन्ने एक अर्थमा अपूरो पनि थियो । राज्यका अङ्गहरू ब्युरोकेसी, अड्डा अदालत, सुरक्षा अङ्गहरूको बेलैमा रूपान्तरण हुन नसक्दा भ्रष्टाचारको दुष्चक्र छ । त्यसले गर्दा जनता वाक्कदिक्क भएको हो ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताए ।
- संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने विषयमा ओली,देउवा र प्रचण्डबीच सहमति
- अध्यक्ष सिंहको गुनासो- सरकारले सकसमा परेको निर्माण व्यवसायको सम्बोधन गरेन
- नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी : उड्डयनमन्त्री
- निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा
प्रतिक्रिया