झापाबाट १६३६ किलो गाँजासहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट १६३६ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई समेत पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका–४ निवासी महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ निवासी ३७ वर्षीय गंगा बहादुर बस्नेत रहेका छन्।

सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहतको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा गाँजा बरामद गरेको हो। ईलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकहरू जाँच गर्दा ५७ वटा बोरामा गाँजा लुकाएर राखिएको फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र पाँच थान मोबाइल सेट समेत बरामद भएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर