
स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।
शुक्रवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनले नसर्ने रोगहरुको पहिचानका लागि मन्त्रालयले शुरु गरेको एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए । वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने जानकारी समेत दिए ।
उनले भने,‘चैत महिनामा स्वास्थ्य सेवा बिस्तार अभियानको रुपमा थालनि गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिष्ठान तथा संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा सुविधा थप गरिने जानकारी गराउँछु । अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आफनो स्वास्थ्य संस्थामा समेत सेवा विस्तार गरि जानकारी गराउनुपर्नेछ । पक्षघातमा प्रयोग हुने औषधि महंगो हुने भएकोले आर्थिक अभावमा उपचार पाउन कठिनाई खेप्दै आएका नागरिकका लागि सहज रुपमा उपचार दिलाउन पहल थाल्नु भएको थियो । त्यसैको लागि भन्दै एक वर्षलाई पुग्ने औषधि प्राप्त भएको छ ।’
पक्षघातको औषधि एक वर्षसम्मको लागि प्राप्त भएको मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया