परिवर्तन भएका कानूनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्छ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानूनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानूनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताएका हुन् ।

वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रुपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताएका हुन् ।

अध्यक्ष ढकालले सरकारले कानूनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको बताए । नेपालमा राम्रा कानून र व्यवस्था भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको बताए । नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताउनु भयो । सरकारले व्यवसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताए ।

विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरुले नेपालमा लगानी गरेर गल्ती गरियो की भन्ने सोच आउन थालेको गुनासो गरे । व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *