श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय प्रतिष्ठानहरुले पारिश्रमिकको व्यवास्था पूर्णरुपमा परिपालन हुन नसकेको गुनासो आएको भन्दै उक्त ध्यानाकर्षण गराएको हो ।

सरकारले गत २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार ३०० तोकेको थियो । त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार ८९३ तोकेको थियो ।

तर,कतिपय प्रतिष्ठानहरुले सरकारले तय गरेको न्युनतम पारिश्रमिक समेत प्राप्त नगरेको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताए । विभागले अनियवार्य रुपमा श्रम अडिट गर्न समेत सबै प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।

प्रवक्ता गोपले कतिपय प्रतिष्ठानहरुले अडिटसम्बन्धी कानूनको पालना नगरेको गुनासो आएको उल्लेख गर्दै यस्तो नगर्न समेत सचेत गराए । उनले बालबालिकाहरुलाई श्रममा नलगाई बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माणमा सहयोग पुर्‍याउन समेत आग्रह गरे ।

उनले सबै राजगारतादा तथा श्रमिकहरुलाई अविलम्व सामाजिक सुरक्षा कोषमा आवद्ध हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर