समयमै काँग्रेसको अधिवेशन नभए पार्टी कमजोर बन्छ : शेखर कोईराला

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले २०८३ को मंसिर मसान्तसम्म काँग्रेसको अधिवेशन हुन नसके नेपाली काँग्रेस कमजोर बन्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका हुन् ।

‘नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ हौँ साथीहरू । एकदम सिरियस कुरा छ यो,’ उनले भने, ‘हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरुलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ ।’

उनले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।

उनले भने– ‘तपाईँहरूले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली काँग्रेसको १५ औं महाधिवेशन २०८३ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली काँग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ ।’

सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे । देश विकासका लागि नेपाली काँग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबिचमा कुनै तिक्तता नरहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर