
सरकारले उद्वारकाक्रममा निधन भएका इन्स्पेक्टर दिल बहादुर बडुवालको परिवारलाई सहयोग गर्ने


राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राविधिकरणले विपद् व्यवस्थापन तथा उद्वार कार्यमा खटिने क्रममा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक स्वर्गीय दिल बहादुर बडुवालको आश्रित परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राविधिकरणको ३०औँ कार्यकारी समितिको बैठकले विपद् व्यवस्थापनमा योगदान पुर्याए वापत उनको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको हो ।
्
विपद् उद्धारमा खटिएको समयमा विरामी भई २६ असोज २०८१ मा नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएकोमा उपचार क्रममा उनको असोज २८ गते सोमबार बिहान निधन भएको थियो । बर्दिया घर भएका बडुवाल २०५९ साल जेठ १३ गते सशस्त्र प्रहरी सहयाक निरीक्षक पदमा भर्ना भएका थिए ।
विपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य बिपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि बडुवाल कमाण्डरको रुपमा कार्यरत थिए ।
विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य तथा योगदान दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि यस किसिमको सहयोग निकै नै सह्रानिय रहेको तथा कार्यक्षेत्रमा खटिदा समेत हौसला प्रदान हुने विश्वास गरिएको डीआईजी कुमार न्यौपानेले बताए ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनका क्रममा घाईते तथा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सम्बन्धि मापदण्ड २०८१ संचालन गरी उक्त कोषबाट बडुवाल लगायत अन्य ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई पाँच–पाँच लाखका दरले जम्मा २० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराईसकेको डीआईजी न्यौपानेले जानकारी दिए ।
- प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बदनाम गर्न लागे : प्रधानमन्त्री ओली
- १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल सुरु हुँदै
- न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश
- भारतीय सेनाद्वारा बागडोग्रा आँखा शिविरमा २९ नेपाली नागरिकहरूको दृष्टि पुनर्स्थापित
प्रतिक्रिया