
देशमा सुशासन पटक्कै छैन : शेखर कोइराला


नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए।
उनले भने, ‘आजको दिन पनि हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। नेपाली कांग्रेस र एमाले सरकारमा नै छौँ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो। भन्न त नहुने, सुशासन पटक्कै छैन भने पनि हुन्छ। उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रिपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ। सुशासन पटक्कै छैन।’
कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए।
प्रतिक्रिया