शेयर बजारमा गिरावटको निरन्तरता, १२ अंकले घट्यो नेप्से

आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ओरालो लागेसँगै यो साता पूरै नेप्से घट्न पुग्यो ।

आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्सेको पुँजीकरणमा पनि ०.४६ अंकले गिरावट आयो ।

आज नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये १७५ वटा कम्पनीको मूल्यमा गिरावट आयो भने ६२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । आज नेप्से परिसूचकमा गिरावट आएसँगै जीवन बीमा समूह बाहेक सबै समूहको सूचक घट्न पुगेको छ ।

आजको शेयर कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर