
मकवानपुरमा ग्यास बुलेट र ट्रक आपसमा ठोक्किँदा दुर्घटना


मकवानपुरमा ग्यास बुलेट र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
हेटौंडा उपमहानगरपालिका ८, एच आई डी गेट अगाडि पूर्व-पश्चिम लोकमार्गमा आज बिहान करिब ७:१५ बजे सडक दुर्घटना भएको छ।
वीरगंजबाट धादिङको धार्के तर्फ गइरहेको एन एल ०१एए ५००७ नम्बरको भारतीय ग्यास बुलेटको ब्रेक फेल हुँदा विपरीत दिशाबाट आइरहेको ग १ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । ठक्करका कारण ग्यास बुलेट सडकमा पल्टिएको छ।
प्रतिक्रिया