ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को

चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो ।

विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई कायम राखेर बहुउपयोगी बनाइन्छ तर ग्वार्कोमा ओभरपास निर्माण गर्दा बहुउपयोगिता र जमिनमा खाली ठाउँ राख्न सकिने विषयलाई ध्यानै दिइएन । इन्जिनियरहरूका अनुसार ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने थियो तर निर्माणको ठेक्का पाएको कम्पनी एम/एस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ । २०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको छ । केन्द्रका तत्कालीन निर्देशक विजय जैसीका अनुसार फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको थियो ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई पुष्टि गर्ने गरी ओभरपास निर्माण गर्दा प्राविधिक त्रुटि भएको छ ।

४५५ मिटर र पाँच दशमलव पाँच मिटर उचाइ हुने गरी निर्माणको ठेक्का दिइएको छ । सम्झौतामा २०८० फागुन ११ गतेभित्र ओभरपास निर्माण सम्पन्न गर्ने भनिए पनि २०८१ पुस ८ गतेसम्मलाई म्याद थपिएको थियो तर ओभरपास निर्माणमा त्रुटि भेटिएको बताउँदै निर्माण कम्पनीले माटो भरेको ठाउँबाट माटो निकालेर फेरि पुर्ने काम गरिरहेको छ ।    गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *