भागवत खनालको दोस्रो कृति ‘आत्मबोध’ निबन्ध संग्रहको लोकार्पण

भागवत खनालको दोस्रो कृति ‘आत्मबोध’ निबन्ध संग्रहको लोकार्पण भएको छ ।

डेढवर्ष अगाडि ‘बाबा मेरो पीआर आयो’कथा संग्रह ल्याएका खनालले पाठकमाझ आफ्नो निबन्ध संग्रह ल्याएका हुन् ।  काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमुख्यसचिव बिमल कोइराला र साहित्यकार राजेन्द्रगोपाल सिंहले निबन्ध संग्रहको लोकार्पण गरे ।

आत्मबोधमा खनालले पाठकहरु माझ ३० वटा निबन्ध पस्केका छन् । निबन्ध संग्रह लोकार्पण गर्दै पूर्वमुख्यसचिव कोइरालाले खनालको लेखकिय दृष्टिकोण बारेमा व्याख्या गरेका थिए ।

पूर्वसचिव कृष्ण ज्ञवालीले खनालको कथा र निबन्धको लेखनको विषय यथार्थपरक र सामाजिक विषय समेटिएको हुने भन्दै टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले खनालको सामाजिक विषयमा खनालले चोटिलो विषयले कलम चलाउने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *