तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भने पछि मन्त्रालयले बजेट पठाएको हो ।

यसरी बजेट प्राप्त गर्नेमा भिमाद नगरपालिका १ तथा ऋषिङ गाउँपालिकाका ५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन् ।
यसैगरी, शुक्लागण्डकी १० मा आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ । यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको छ ।

भिमाद ३ तथा आँबुखैरेनी – ५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरणहरु उपलब्ध गराउँदै आएको सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *