यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल

सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ ।

प्रतियोगितामा फुटबलतर्फको क्वाटर फाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई ३–० र नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले नंं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई ६–५ को गोल अन्तरले पराजित गरी सेमीफाईनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न भलिबलतर्फको क्वाटरफाईनलको खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई ३–२ को सेटमा र नंं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौलाई ३–१ को सेटमा पराजित गरी सेमीफाईनलमा प्रवेश गरेको हो ।

यसैगरी एथलेटिक्स ५ हजार मिटर पुरुषतर्फको दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका सशस्त्र प्रहरी जवान रमेश वि.क. र ५ हजार मिटर महिलातर्फको दौडमा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी जवान करिष्मा मल्ल प्रथम भएका छन् ।

यसैगरी ४ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी जवान रामबहादुर के.सी. र महिलातर्फ सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी जवान पुष्पा वि.क. प्रथम भएका छन् ।

त्यसैगरी ४ सय मिटर पुरुषतर्फको ज्याभलिङ्ग थ्रोमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान ईश्वर श्रेष्ठ र महिलातर्फ नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी जवान सुष्मा चौधरी प्रथम भएका छन् ।

प्रतियोगिता यही चैत्र ८ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थिती बाहिनी मुख्यालयहरु र उपत्याकास्थित बाहिनी मुख्यालयका ६ सय १३ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर