
सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह


निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमा सिमेन्ट उद्योगहरुको सिन्डिकेट रोक्न आग्रह गरेका छन् ।
मंगलवार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो आग्र गरेका हुन् । उनले विकास निर्माणको समयावधि सकिन लागेको भएपनि सिमेन्टको मूल्यमा वृद्धि हुँदा आफूहरु अल्मलिराखेको बताउनु भयो । डण्डि र सिमेन्ट व्यवसायीहरुले सल्लाह गरेरै सिण्डिकेट गरेको उनको आरोप छ ।
अध्यक्ष सिंहले २ हप्ता अगाडि ७६ रुपैयाँमा पाइने डण्डिको मूल्य बढाएर ९० रुपैयाँ पुर्याइएको उल्लेख गरे । उनले सिमेन्ट र डण्डि व्यवसायीहरुले मूल्य बढाएको कारण विकास निर्माणको काम रोकिन लागेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए ।
उनले यसरि मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो ? भन्दै प्रश्न समेत गरे । उनले भने,‘हामो निर्माण अवधीको समय अवधि सकिन लागेको छ । अहिलेपनि हामी अल्मलिराखेका छौं । अब त सिमेन्टमा मात्र सिमित रहेन । ग्रेविङ वायरको मूल्य १२ रुपैयाँ बढाइएको छ । सल्लाह गरेर सिन्डिकेट गरेको छ । सिमेन्टसँगसँगै डण्डिको मूल्य समेत बढाएको छ । डण्डिको मूल्य २ हप्ता अगाडि ७६ रुपैयाँ थियो । आजको मूल्य ९० रुपैयाँ छ । र सम्भावित वृद्धि भएर १०५ रुपैयाँ पुग्ने लक्ष्य राखेको छ । त्यो चाहीँ खुला बजार नीति हो ? उहाँहरुले बसेर छलफल गरेर निश्चित मूल्य राखेर त्योभन्दा बाहेक भयो भने खारेज हुने भनेर बढाउनु भएको छ । यसरि मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो ? यो कुराको हेक्का चाँही राख्नुभयो ।’
लोडसेडिङको कारणले सिमेन्ट र डण्डिको मूल्य बढाउन बाध्य भएको भन्दै व्यवसायीहरुले विद्युत आपूर्ति बढाउनुपर्ने माग राखेका छन् । सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले ५ मेगावाट भएपनि २४सै घण्टा विद्युत आपूर्ति दिनुपर्ने बताए ।
उनले वन मन्त्रालय तथा उद्योग मन्त्रालयलेल कम्पनीका फाइलहरुमा चासो नदिएको कारण स्टिल व्यवसायीहरु समस्यामा रहेको बताए । उनले लोडसेलिडङ लगायतका समस्याका कारण १० प्रतिशत घाटामा डण्डि बेच्नुपरेको कारण मूल्य बढाएको स्पष्टिकरण दिनु भएको छ ।
सरकारले समस्याहरु सम्बोधन गरेको अवस्थामा मूल्य घटाउन तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया