ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेलेको टिप्पणी गरे । उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलार्य सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने जिकिर उनको छ ।

नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेका बताए ।

‘भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ । अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन गरिएको छ । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, ’ उनले भने ।

अध्यक्ष दाहालले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको बताए । उनले सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ । यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ । जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए । ’

अध्यक्ष दाहालले उत्पीडित वर्ग समुदायमा चेतना बिस्तार भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर