७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ । आइतबार देखि निरन्तर घटेको नेप्से आज मंगलबार पनि ७.६६ अंकले घट्यो ।

मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।

आज नेप्से घटेसँगै अन्य उपसमूह बाहेक सबैको सूचक घट्न पुगेको छ । तरपनि आज नेप्सेमा भएको शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । त्यस्तै, आजको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आज नेप्सेमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्री भएको थियो । आजको शेयरबजारसँगै नेप्सेको पुँजीकरणमा ०.२८ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर