पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू

पश्चिमा र ग्लोबल नर्थका देशहरूले हरेक देशमा फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलिएको छ ।

भारतको नयाँ दिल्लीमा जारी राइसिना डायलगको दोस्रो दिनको एक प्लेनरी बैठकमा विश्वका नेताहरूले ग्लोबल नर्थ र पश्चिमा देशहरूले हरेक देशमा गर्ने व्यवहार फरक—फरक गरेका कारण शान्ति खल्बलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ठोस एजेण्डा नभई देशअनुसारको व्यवहार गर्दा द्वन्द्व बढिरहेको बताएका छन् । ग्लोबल अर्डरलाई फरक नजरले हेर्नुपर्छ भन्ने कुरा पनि उनीहरुले अघि सारेका छन् ।

अब बिस्तारै ग्लोबल साउथले विश्वशान्तिका लागि काम गर्नुपर्ने पनि उनीहरुले बताएका छन् । म्यानमार, अफगानिस्तान र युक्रेन जस्ता देशहरूमा ती देशहरूले अपनाएको नीतिले हेर्दा विश्वमा शान्ति खल्बलिएको मान्न सकिने नेताहरूले बताए ।

पछिल्लो देशमा अमेरिकी दबदबाले विश्वशान्ति खल्बलाएको र डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले त झन् अब के हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको नेताहरूले बताए ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बढ्दो ग्लोबल साउथको प्रभुत्वलाई कसैले रोक्न नसक्ने र अबको विश्व शान्तिको लागि ग्लोबल साउथको भुमिका महत्वपूर्ण हुने बताए ।

सोमवारबाट सुरु भएको सम्मेलनमा विश्वको दक्षिणी भूभागका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहँदा भारतसँग सीमा जोडिएको ठूलो देश चीनको भने प्रतिनिधित्व छैन ।

सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथै युवा सांसद योगेश गौचन थकाली पनि सहभागी छन् । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे ।

न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ । विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरू यस डाइलगमा सहभागी हुँदै छन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा काल चक्र नाममा यो राइसिना डायलग सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर