सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए

उपत्यका अपराध अनुसन्धान कार्यालयले ट्रकमा लाेड रहेकाे २५ करोड १९ लाख नेपाली रुपैयाँ बराबरकाे विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ गरेकाे छ । आज बिहान काठमाडौंको झोर क्षेत्रबाट लामालाई पक्राउ गरिएको हो ।

उनी यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँचवर्ष कारागारमा सजाय भुक्तान गरेका अपराधी हुन् ।

अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले विशेष टाेलीले नारायणी प्रदेश-७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेका उनलाई केरुङतर्फ जाने क्रममा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

लामा २०७८ मा छुटेका थिए । उनी २०७३ पुस १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा ७ केजी सुन सहित पक्राउ परी ५ बर्ष कैद भुक्तान गरेर रिहा भएका थिए ।

उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेराैं डलर र युराेकाे खात: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर