
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ जना संचालकको पदबहाली


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनजना निर्वाचित सदस्यहरुलाई पदवहाली गराएको छ।
२५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न गरी बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन।
साथै, निर्वाचन सम्पन्न भएपश्चात् शनिबार नै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट शपथग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया