टोखाबाट झन्डै २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद

नेपाल प्रहरीले ठूलो मात्रामा अवैध रूपमा ओसारपसार गरिएको विदेशी मुद्रा बरामद गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा क्षेत्रबाट सञ्चालित विशेष अभियान अन्तर्गत एक गाडीबाट अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो गरि जम्मा २५ करोड २१ लाख ४४ हजार नेपाली रुपैयाँ बराबरको रकम बरामद गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उक्त रकम गाडीभित्र कुशलतापूर्वक लुकाएर राखिएको थियो । प्रहरी टोलीले शंका लागेपछि अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणको अवैध रकम भेटिएको हो । ‘हाल घटनासम्बन्धी थप अनुसन्धान जारी छ,’ बस्नेतले भने,’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर