
आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने


राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको अनुगमन गर्ने भएको छ ।
आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिए । आयोगले विगतदेखि शान्ति, सुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियू निर्वाचन हुँदैछ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया