सेनानी सिलवालको कमाण्डमा १९३ शान्ति सैनिक लेबनान प्रस्थान

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ ।

लेबनानमा तैनाथ ६५औँ डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।

लेबनानमा सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औँ डफ्फाको १९३ जना टोली पठाइएको छ ।

प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ ।

उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एक वटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर