
आईजीपीमा दीपक थापा नियुक्त

सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठ एआईजी थापालाई नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो ।
थापासँगै प्रहरी महानिरीक्षकमा एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए ।
प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षकमा नियुक्त भएका हुन् ।
कानून कार्यान्वयनमा दशकौंको दीपक अनुभवले ल्याउँला त प्रहरीमा उज्यालो ?
उनले आफ्नो कार्यकालमा हालसम्म काठमाडौं उपत्यका, जिल्ला, विभागको सफलता पूर्वक जिम्मेबारी पुरा गरेका छन् । हालसम्म कुनै विवादमा नआएका उनको बढुवाले देशको सुरक्षा र प्रहरी संगठनको विकासका लागि सरकारलाई नै सहयोग हुने विश्वास गरिएको छ ।
आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा गएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाश गएका हुन् ।
त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका छन्।
प्रतिक्रिया