
आन्दोलनरत शिक्षकका समस्याहरू वार्ताको माध्यमबाट समाधान गर्न सरकारसँग माग


राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कृष्णबहादुर रोकायाले वार्ता र संवादको माध्यमबाट आन्दोलनरत शिक्षकका समस्याहरू समाधान गर्न माग गरेका छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले आन्दोलनरत शिक्षकका मागहरू विद्यालय शिक्षा विधेयकमा समावेश गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘विगतका तत्कालीन सरकारहरूले शिक्षकसँग पटकपटक सम्झौता गरेको थियो । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति राम्रो होइन । विगतमा सरकारले गरेका सम्झौता विद्यालय शिक्षा विधेयमा समावेश गरि ल्याउने प्रतिविद्धताका साथ आन्दोलनरत शिक्षकहरूसँग वार्ता र संवादबाट समस्याको हल निकाल्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले तत्कालीन सरकारले शिक्षकसँग पटकपटक सम्झौता गरेर कार्यान्वयन नगरेको आरोप समेत लगाए ।
प्रतिक्रिया