
खाद्य विभाग र काठमाडौं महानगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर


खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सोमवार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे ।
उनले काठमाडौं महानगरपाकिलासँग आज शुरुवात मात्रै गरिएको र आगामी दिनमा ७५३ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको बताए ।
उनले ७ सय ५३ वटै पालिकासँग यो सहकार्य र सहमति गरेर अघि बढ्ने गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।
खाद्य वस्तुहरुको गुणस्तरहरुको बारेमा विभागको अनुभव लामा भएपनि पर्याप्त श्रोत साधनका कमीका कारणले आवश्यक काम गर्न नसकेको उल्लेख गरे ।
उनले खाद्य प्रविधि लगायतका दक्ष प्राविधिकहरु राखेर अनुगमन र नियमन कार्यमा सहयोग गरेको खण्डमा सबै नेपालीहरुको स्वास्थ्यको सुरक्षा हुने दाबी गरे ।
महानगरपालिकामा खाद्य स्वच्छता र गुणस्तरको रुपमा छुट्टै निकाय राखेर अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए ।
खाद्य वस्तुहरुको परीक्षण, नियमन, प्रयोगशालाको व्यवस्थापन गर्नसके झनै राम्रो हुने जिकिर गरे ।
प्रतिक्रिया