सांसद सिंहको प्रश्न- यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अभिव्यक्तिको विरोध गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले विरोध जनाएका हुन् ।

आइतबारको सभाको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने बताएका थिए । उनले सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए । सांसद सिंहले यौन व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिन आएको त होइन ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘हजारौं युवाहरूले रोजगारी र शिक्षाको लागि देश छोडिसकेका छन् । अब सीमित कलिला युवा आमा छोराछोरी मात्र बाँकी छन् । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनको लागि यौन व्यवसाय, यौन प्रमिट सरकारले दिनुपर्छ भन्नुभएको छ सरकारकै एक माननीयज्युले । यो व्यवसायको लागि कोठी र वेश्यालय सरकारले नै चलाउने दिएको त आएको त होइन ? यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर